शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार कीर्तिमान, तोलाकै एक लाख ७६ हजार पुग्यो

बुधबार, चैत ६ २०८१
सुनको मूल्यमा लगातार कीर्तिमान, तोलाकै एक लाख ७६ हजार पुग्यो

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

काठमाडौं- लगातार उकालो लागिरहेको सुनको मूल्य बुधबार कीर्तिमानी बिन्दुमा पुगेको छ। बुधबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ७६ हजार रूपैयाँ कायम भएको छ।

यो साता आइतबार तोलामा चारसय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ७५ हजार दुईसय रूपैयाँमा कायम भएको थियो। जुन यसअघिको उच्च मूल्य थियो। बुधबार पुन: सुनको मूल्यमा रेकर्ड कायम भएको हो।

यसअघि गएको साता शुक्रबार पनि तोलामा चार हजार रूपैयाँले बढेर सुन उच्च मूल्यमा पुगेको थियो। त्यसदिन सुन प्रतितोला एक लाख ७४ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो। 

मंगलबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला ५ रूपैयाँले घटेको छ।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो साता मंगलबार चाँदी प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, चैत ६ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend