काठमाडौं- लगातार उकालो लागिरहेको सुनको मूल्य बुधबार कीर्तिमानी बिन्दुमा पुगेको छ। बुधबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ७६ हजार रूपैयाँ कायम भएको छ।
यो साता आइतबार तोलामा चारसय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार प्रतितोला एक लाख ७५ हजार दुईसय रूपैयाँमा कायम भएको थियो। जुन यसअघिको उच्च मूल्य थियो। बुधबार पुन: सुनको मूल्यमा रेकर्ड कायम भएको हो।
यसअघि गएको साता शुक्रबार पनि तोलामा चार हजार रूपैयाँले बढेर सुन उच्च मूल्यमा पुगेको थियो। त्यसदिन सुन प्रतितोला एक लाख ७४ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य भने बुधबार प्रतितोला ५ रूपैयाँले घटेको छ।
बुधबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ४५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता मंगलबार चाँदी प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भएको थियो।