शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुविधा थप

मंगलबार, चैत ५ २०८१
सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुविधा थप

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरूका लागि अब घरमै बसीबसी उक्त सेवा लिन सकिने सुविधा ल्याएको हो।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङ एपमार्फत नै आफ्नो खातामा प्यान अपडेट गर्नसक्ने सुविधाका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा पनि त्यसैबाट अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ।

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरूका लागि अब घरमै बसीबसी उक्त सेवा लिन सकिने सुविधा ल्याएको हो। यस सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालयमा नगइ सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्नसक्ने विश्वास बैंकले लिएको छ।

बैंकले नेपालमै पहिलोपटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड' (भर्चुअल क्रेडिट कार्ड) पनि सञ्चालनमा ल्याइसकेको छ।

साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि बैंकले ल्याएको छ।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९९ वटा शाखा, १ सय ६६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, चैत ५ २०८११८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend