शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ११ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

मंगलबार, चैत ५ २०८१
प्रतितोला ११ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

मंगलबार सुनको मूल्य तोलामा ११ सय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला एक लाख ७५ हजार दुईसय रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ७५ हजार दुईसय रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो।

यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पुन: प्रतितोला एक हजार एकसय रूपैयाँले बढेर कीर्तिमानी बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

गएको साता शुक्रबार पनि तोलामा चार हजार रूपैयाँले बढेर सुन उच्च मूल्यमा पुगेको थियो। त्यसदिन सुन प्रतितोला एक लाख ७४ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो। 

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।

मंगलबार चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता सोमबार चाँदी प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, चैत ५ २०८१११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend