काठमाडौं- सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।
यो साता आइतबार तोलामा चारसय रूपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँ तोकिएको छ।
आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको थियो।