शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

सोमबार, चैत ४ २०८१
सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

नेपाली बजारमा सोमबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँ तोकिएको छ।

काठमाडौं- सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले सस्तिएको छ।

यो साता आइतबार तोलामा चारसय रूपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँमा कारोबार भएको सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँ तोकिएको छ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, चैत ४ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend