शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बुटवल र भैरहवामा टाटाको नयाँ ईभीहरू सार्वजनिक

आइतबार, चैत ३ २०८१
बुटवल र भैरहवामा टाटाको नयाँ ईभीहरू सार्वजनिक

कार्यक्रममा बोल्दै  सिप्रदी  ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले टाटा ईभीको नयाँ मोडलहरु बुटवल र भैरहवामा लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै सार्वजनिक भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी-२०२५ बुटवल र भैरहवामा पनि सार्वजिनक गरेको छ। 

भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्समा टाटाको बहुप्रतीक्षित गाडीहरू कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी-२०२५ सार्वजनिक भएका हुन्। सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ एफएनसीसीआई सिद्धार्थनगरका अध्यक्ष नेत्र प्रसाद आचार्य र एफउनसीसीआई बुटवलका अध्यक्ष हरिप्रसाद अर्यालको प्रमुख आतिथिय रहेका थिए।  

कार्यक्रममा बोल्दै  सिप्रदी  ट्रेडिंगका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले टाटा ईभीको नयाँ मोडलहरू बुटवल र भैरहवामा लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए। अब ग्राहकहरूले टाटाको प्रिमियम कर्भ ईभीदेखि धेरै यात्रा गर्नको लागि नेक्सन के ३ ईभी, बजेटमा एसयूभीको आनन्द लिनको लागि पन्च ईभी र इन्ट्री लेवलमा नेपालमा सर्वाधिक रुचाइएको ह्याचब्याग टियागो ईभी २०२५ मोडल रोज्न सकिने उनको भनाइ छ। ग्राहकहरूले नेपाली बाटो सुहाउने ग्राउन्ड क्लियरेन्स भएको सुरक्षित टाटाको गाडीहरू आफ्नो बजेट अनुसारले किनेर ढुक्क भएर ईभी गाडीको मज्जा लिन सकिने सिजपतिको भनाइ छ।     

त्यस्तै अम्बु मार्केटिंगका प्रोपराइटर परशुराम पराजुलीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू उपभोक्ताले रोजेर खरिद गर्न सकिने बताए।    

सफल मोटर्सका प्रोपराइटर प्रदिप हमालको अनुसार बुटवलतिरको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएको गाडीहरू लन्च भएको हुँदा यो इभिहरूले ग्राहकको रोजाईमा विश्वस्त रहेको जानकारी दिए।  

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा र सिप्रदी बिक्रिपछिको सेवाको लागितत्पर लागिरहेको र ग्राहकहरूलाई टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नंया गाडीहरू ढुक्क भएर लिन आग्रह गए।  

आजबाट बुटवलका ग्राहकहरूले सफल मोटर्सको शोरुम र भैरहवाको ग्राहकहरूले अम्बु मार्केटिङको शोरुममा गएर लन्च भएको नंया गाडीहरू कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभीको टेस्ट ड्राइभ गर्न सकिने कम्पनीको भनाइ छ।


प्रकाशित : आइतबार, चैत ३ २०८११८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend