शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, चैत ३ २०८१
तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- आइतबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ भने चाँदी तोलामा पाँच रूपैयाँले सस्तिएको छ।

गएको शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७४ हजार ५ सय रूपैयाँ पुगेको सुनको मूल्य यो साता आइतबार प्रतितोला एक लाख ७४ हजार एकसय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : आइतबार, चैत ३ २०८११०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend