शनिबार, चैत २ गते २०८१    
शनिबार, चैत २ २०८१
images
images

प्रभु बैंकद्वारा मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना

images
शनिबार, चैत २ २०८१
images
images
प्रभु बैंकद्वारा मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना

'डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ। हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ', नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने।

images
images

काठमाडौं- प्रभु बैंकको गण्डकी शाखाले मुस्ताङको घरपझोङ गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ।

images
images

डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्ने उद्देश्यका साथ शनिबार घरपझोङमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ।

images
images

यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गाउँपालिका अध्यक्ष, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालय प्रमुख दीपक राज लामिछाने, बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानामगर, बैंकका अधिकारीहरू लगायत १ सय २० भन्दा बढी स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। 

images
images

गभर्नर अधिकारीले कार्यक्रममा डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्ने उपायहरूको बारेमा जानकारी दिए।

उनले भने, 'डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ। हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।'

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणाबारे बृहत छलफल गरे।

यस्तै प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए।

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले भने, 'हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्वपूर्ण छ। यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।'


प्रकाशित : शनिबार, चैत २ २०८११७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend