शनिबार, चैत २ गते २०८१    
शनिबार, चैत २ २०८१
images
images

वीरगञ्ज भन्सारले ८ महिनामा उठायो एक खर्ब नौ अर्ब राजस्व

images
शनिबार, चैत २ २०८१
images
images
वीरगञ्ज भन्सारले ८ महिनामा उठायो एक खर्ब नौ अर्ब राजस्व

अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ।

images
images

उक्त अवधिमा एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य लिइएको थियो। 

images
images

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ। चालु आव  बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ।

images
images

अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ। 

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड रूपैयाँ, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन गरेको थियो।

यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड रूपैयाँ र माघमा १४ अर्ब ४४ करोड रूपैयाँ र फागुनमा १४ अर्ब ६३ करोड रूपैयाँ राजस्व असुली भएको थियो। रासस


प्रकाशित : शनिबार, चैत २ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend