शनिबार, चैत २ गते २०८१    
शनिबार, चैत २ २०८१
images
images

रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुंगा खानी उत्खनन् गर्न पाउने

images
शनिबार, चैत २ २०८१
images
images
रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुंगा खानी उत्खनन् गर्न पाउने

गाउँपालिकाले गाउँ सभामार्फत ढुंगा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन्।

images
images

म्याग्दी- यहाँको मालिका गाउँपालिका-२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुंगा खानी उत्खनन् गर्न पाउने भएका छन्। गाउँपालिकाले गाउँ सभामार्फत ढुंगा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न पाउने भएका हुन्।

images
images

रुम गाउँको सिरानमा रहेको डुडे लेक तथा निजी जग्गा, पाखो र खरबारीमा घर छाउनी ढुंगा, स्लेट र औषधीजन्य जडिबुटीको खानी भएपनि सञ्चालनसम्बन्धी कार्यविधि अभावमा उत्खनन् हुन सकेका थिएनन्। ऐन पारित भएसँगै निजी जग्गामा रहेका स्लेट (ढुंगा) खानी दर्ता गर्ने कानूनी बाटो खुलेको हो।

images
images

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रिया पूरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानूनी व्यवस्था गरेको बताए। यहाँको पाखो तथा निजी जग्गामा भएका ढुंगा खानीलाई व्यवस्थित गरी सञ्चालन गरेमा स्थानीयले रोजगारी पाउनुका साथै गाउँपालिकालाई समेत आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले जानकारी दिए।

images
images

'यहाँको स्लेट र ढुंगा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छन्। प्रविधि र प्रशोधनको व्यवस्था हुने हो भने अन्तरराष्ट्रिय बजारमा समेत यहाँको स्लेट अब्बल ठहरिने सम्भावना छ', उनले भने।

रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी छन्। व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेको स्थानीय जगबहादुर पुनले जानकारी दिए। केही वर्ष अघिसम्म म्याग्दी,पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायतबाट घर छाउने ढुंगाको माग आउने गर्दथ्यो। 

सभाबाट पारित भएको ढुंगा खानी तथा ढुंगा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालनसम्बन्धी व्यवस्था गरिएको हो। स्थानीयवासीले ढुंगा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए। रासस


प्रकाशित : शनिबार, चैत २ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend