शनिबार, चैत २ गते २०८१    
शनिबार, चैत २ २०८१
images
images

सर्वाधिक नाफाको व्यापार गर्ने १० देश

images
शनिबार, चैत २ २०८१
images
images
सर्वाधिक नाफाको व्यापार गर्ने १० देश

२०२३ मा चीनले ५ सय ३९.९ अर्ब अमेरिकी डलर व्यापार नाफा गरेको छ। दुई दशकयताको तथ्यांक हेर्ने हो भने चीनको व्यापार नाफा चुलिएको छ। दुई दशकअघि चीनको व्यापार नाफा ३३.७ अर्ब डलर थियो।

images
images

काठमाडौं- समकालीन विश्वमा सबैभन्दा धेरै नाफाको व्यापार गर्ने देश चीन हो। पछिल्लो केही वर्षयता चीन विश्वको सबैभन्दा धेरै नाफाको व्यापार गरिरहेको छ। सस्तो जनशक्ति भएकै कारण चीनले प्रतिस्पर्धी मूल्यमा विश्वको धेरै देशमा सामान निर्यात गरेर नाफा आर्जन गरिरहेको छ। 

images
images

पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति पद सम्हालेलगत्तै विश्व व्यापारको आयातमा परिवर्तन आउने संकेत देखिइसकेको छ। ट्रम्पले नयाँ ‘व्यापार युद्ध’ सुरु गरेकाले विश्वभर यसको तरंग फैलिएको छ। ट्रम्पले चीनसहित क्यानडा तथा मेक्सिकोलगायत देशबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएका छन्। 

images
images

विश्वभर पेट्रोलियम पदार्थ, खाद्यान्न, सवारी तथा सवारीजन्य वस्तु, विद्युतीय सामाग्री र उपकरण, सूचना प्रविधिलगायत सामानको धेरै व्यापार हुँदै आएको छ। हरेक देशले आफ्नो देशमा धेरै उत्पादन भएको सामान निर्यात गर्ने र अन्य आवश्यक सामान आयात गर्दै आएका छन्। नेपाल जस्तो देशले भने सबै कुरा आयात गरेर उपभोग गर्दै आएको छ। 

images
images

२०२३ मा सबैभन्दा धेरै नाफाको व्यापार गर्ने मुलुकको सूचीबारे भिजुअल क्यापिटालिस्टले तथ्यांक समाचार बनाएको छ। उक्त सूची विश्व बैंकले मार्च पहिलो साता सार्वजनिक गरेको तथ्यांकमा आधारित रहेको छ। 

उक्त सूचीअनुसार चीन विश्वको सबैभन्दा धेरै नाफाको व्यापार गर्ने देश बनेको छ। २०२३ मा चीनले ५ सय ३९.९ अर्ब अमेरिकी डलर व्यापार नाफा गरेको छ। दुई दशकयताको तथ्यांक हेर्ने हो भने चीनको व्यापार नाफा चुलिएको छ। दुई दशकअघि चीनको व्यापार नाफा ३३.७ अर्ब डलर थियो। 

२०२३ मा चीनको व्यापार नाफा चीनपछि धेरै नाफा गर्ने तीन देशको बराबर रहेको थियो। सो वर्ष चीनको विश्वका ६० देशसँग ठूलो परिमाणको व्यापार थियो। कोरोना महामारीपछि चीनको निर्यात व्यापार बढेर १० खर्ब डलरसम्म पुगेको थियो।

अमेरिकालगायत देशसँग तनाव उत्पन्न भएसँगै चीनको निर्यात व्यापार दक्षिणपूर्वी एसियाली देशमा बढेको छ। जीडीपी वृद्धिदरमा आएको कमी र आन्तरिक मागमा आएको गिरावटलाई भरथेग गरेर अर्थतन्त्रको वृद्धिदरलाई कायम राख्न चीनले सो समयमा उत्पादनलाई उल्लेख्य प्राथमिकतामा राखेको थियो। 

चीनपछि धेरै व्यापार नाफा गर्ने देश जर्मनी हो। युरोपियन युनियनको शक्तिलाशी सदस्य जर्मनीले २०२३ मा २ सय ४९.९ अर्ब डलर व्यापार नाफा गरेको थियो। जर्मनीले विशेषगरी कार र सवारी पार्ट्स निर्यात गर्छ। २०२३ मा जर्मनीले १ सय ७४ अर्ब डलरको कार र ६९.४ अर्ब डलरको पार्टपूर्जा निर्यात गरेको थियो। 

२०२३ मा जर्मनीको कुल निर्यातको १७ प्रतिशत हिस्सा अटोमोबाइल उद्योगले ओगटेको थियो। यो निर्यातमा सबैभन्दा धेरै अमेरिकातर्फ भएको थियो। अमेरिकाले युरोपियन युनियनबाट हुने आयातित सामानमा थप कर लगाउने बताएकाले जर्मनीको कार निर्यात घट्ने सम्भावना भएकाले अन्य निर्यात मुलुकको खोजी गर्नुपर्ने देखिएको छ। 

त्यस्तै तेस्रो स्थानमा आयरल्यान्ड रहेको छ। २०२३ मा उसको व्यापार नाफा १ सय ६८.६ अर्ब डलर छ भने चौथो स्थानमा सिंगापुर रहेको छ। सुंगापुरले सो वर्ष अन्तर्राष्ट्रिय व्यापारबाट १ सय ५४.८ अर्ब डलर नाफा गरेको थियो। पाँचौँ स्थानमा साउदी अरब रहेको छ। उल्लेख्य तेल भण्डार रहेको साउदी अरबले २०२३ मा १ सय २६.९ अर्ब डलर व्यापार नाफा गरेको छ। 

यी हुन् १० सर्वाधिक व्यापार नाफा गर्ने देश : 

१ चीन- ५९३.९ अर्ब डलर

२. जर्मनी- २४९.९ अर्ब डलर 

३. आयरल्यान्ड- १६८.६ अर्ब डलर

४. सिंगापुर- १५४.८ अर्ब डलर

५. साउदी अबर- १२६.९ अर्ब डलर

६. स्वीट्जरल्यान्ड- १२४.९ अर्ब डलर

७. रसिया- १२१.६ अर्ब डलर

८. ब्राजिल- ९२.३ अर्ब डलर

९. नेदरल्यान्ड- ९२ अर्ब डलर

१०. अस्ट्रेलिया- ८३.४ अर्ब डलर


प्रकाशित : शनिबार, चैत २ २०८११४:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend