काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शक्तिशाली बनोट, अद्वितीय कार्यक्षमताको परिकल्पना अनुरूप नयाँ टाटा योद्धा १.५ टी नेपाली बजारमा सार्वजनिक गरेको छ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा टाटा मोटर्सका सीभीआई हेड असिफ शमिम तथा सिप्रदीका सीईओलगायतको उपस्थिति उक्त गाडी सार्वजनिक गरिएको हो।
टाटा योद्धा १.५ टी कठिन भूभागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता, शक्तिशाली इन्जिन र कम सञ्चालन खर्चसहित व्यावसायिक प्रयोजनका लागि उपयुक्त पिकअप हो।
टाटा मोटर्सको भरपर्दो प्रविधि, उच्च ग्राउन्ड क्लियरेन्स तथा आरामदायी ड्राइभिङ जस्ता विशेषताहरूले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ।
टाटा योद्धा १.५ टीका प्रमुख विशेषताहरू
उच्चतम भार क्षमता- १५०० किलोग्राम (१५ टन)
शक्तिशाली ३एल डीजल इन्जिन- २५० एनएम टर्क
३० प्रतिशत ग्रेडिएबिलिटी- अप्ठ्यारा बाटाहरू सजिलै पार गर्न सक्षम
अपडेटेड रग्ड लुक्स- मेटालिक बम्पर र स्टाइलिस ग्रिल
नेपालका व्यवसायीहरूको बढ्दो मागलाई ध्यानमा राख्दै टाटा योद्धा १.५टी कृषि, ढुवानी, निर्माण तथा अन्य व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प बन्नेछ।
कार्यक्रममा बोल्दै टाटा मोटर्सका सीभीआईबी हेड असिफ शमिमले नेपालमा नयाँ योद्धा १.५ टन नवीनता, टिकाउपन र ग्राहक सन्तुष्टिको प्रतिबद्धतासहित आएको बताए। योद्धा रेञ्ज सधैं भरपर्दो र विश्वसनीयताको प्रतीक बनेको छ र नयाँ योद्धा १.५ टनले यसैको विशेषताहरूलाई पछ्याउदै उन्नत प्रविधि र आधुनिक सुविधाहरू प्रदान उनो भनाइ छ। 'हामीलाई विश्वास छ कि यो गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ र उनीहरूको व्यवसायमा उन्नति र सफलता बढाउन मद्दत गर्नेछ' उनले भने।
सिप्रदी ट्रेडिङ प्रालिका सीईओ राजन बाबु श्रेष्ठले नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएको र नयाँ योद्धा १.५टीको आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिने बताए। ग्राहकहरूको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे।
यस अवसरमा टाटा योद्धाका पुराना ग्राहकहरूलाई विशेष सम्मान प्रदान गरियो। उनीहरूको अनुभवलाई भिडियोमार्फत प्रस्तुत गर्दै योद्धाले व्यवसायमा ल्याएको सकारात्मक परिवर्तनबारे जानकारी गराइयो।
साथै नयाँ ग्राहकहरूलाई औपचारिक रूपमा साँचो हस्तान्तरण गर्दै जसले टाटा योद्धा १.५टीलाई आफ्नो व्यवसायिक साझेदारका रूपमा रोजेका छन्।
योद्धा १.५टी सार्वजनिक कार्यक्रम मार्फत टाटा मोटर्सले नेपाली ग्राहकहरूको व्यवसायलाई अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएको छ।