शुक्रबार, चैत १ गते २०८१    
शुक्रबार, चैत १ २०८१
images
images

विद्युत नियमन आयोगले पायो पूर्णता, सदस्य भागिरथी भट्टराईले लिइन् शपथ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १ २०८१
images
images
विद्युत नियमन आयोगले पायो पूर्णता, सदस्य भागिरथी भट्टराईले लिइन् शपथ

आयोग स्थापनाकालमा सदस्य भएकी भट्टराईले सोही समयमा विद्युतको उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरेकी थिइन्

images
images

काठमाडौं- विद्युत नियमन आयोगमा सदस्य नियुक्त भएकी भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छिन्। 

images
images

गएको फागुन २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्ति भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितीमा मन्त्रालयमा सपथग्रहण लिएकी हुन्। उनलाई विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराएका थिए।

images
images

यसअघि विस २०७६ देखि २०८१ बैशाखसम्म सोही आयोगको सदस्यमा कार्यरत भट्टराईले आज दोस्रो कार्यकालका लागि शपथग्रहण लिएकी हुन्। आयोग स्थापनाकालमा सदस्य भएकी भट्टराईले सोही समयमा विद्युतको उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गरेकी थिइन्।

images
images

अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर ५९ वर्षीय भट्टराई विस २०६९ देखि २०७३ सम्म खानेपानी महसुल निर्धारण आयोगको सदस्य भएकी थिइन्। उनी यसअघि ग्लोबल आईएमई बैँकको स्वतन्त्र सञ्चालकसमेत थिइन्। 

शपथग्रहण समारोहमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ढिलै भएपनि नियमन आयोगले पूर्णता पाएको भन्दै उत्पादन बढ्दै जाँदा नियमनकारी निकायको जिम्मेवारी पनि बढ्दै गएको बताए। 

उनले प्रसारण लाईन निर्माणमा निजी क्षेत्रलाई ल्याउँदै गर्दा कति शुल्कमा दिने भन्नेबारे आयोगले चाँडो टुङ्ग्याउनुपर्ने समेत बताए। 

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले पछिल्लो समय  नियमनकारी निकायको महत्व र भूमिका बढ्दै गएको भन्दै आफ्नो ज्ञान, सीप र क्षमतालाई आयोगमा अधिकतम रुपमा लगाउन आग्रह गरे। 

विद्युत नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले सरकारले लिएको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न आयोगले काम गरिरहेको उल्लेख गरे। उनले आयोगले पूर्णता पाएकाले अब टिमवर्कबाट सकारात्मक परिणाम निकाल्नेगरी काम गर्ने बताए। 


प्रकाशित : शुक्रबार, चैत १ २०८११४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend