शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

शुक्रबार, चैत १ २०८१
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। 

गएको बुधबार सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार एकैपटक मूल्य ४ हजार रुपैयाँले बढेको हो। 

गएको मंसिरमा सरकारले सुन र चाँदीको भन्सार महसुल १० प्रतिशतमा झार्ने निर्णय गरेसँगै मूल्य व्यापक घटेको थियो। त्यसयता पुन: बढ्न थालेको मूल्य अहिले उच्च बिन्दुमा पुगेको हो। यसअघिको उच्च मूल्य गएको फागुन १३ गते १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले आन्तरिक कारणभन्दा बाह्य कारणले सुनको मूल्य बढेको बताएका छन्। अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले मूल्य बढेको र अन्तरराष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार समायोजन गर्दा नेपाली बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको उनले बताए।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस २ हजार ९ सय ८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, चैत १ २०८१११:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend