शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २९ २०८१
नाडा र सामाजिक सुरक्षा कोषबीच समझदारी

उक्त समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने छ।

काठमाडौं- सामाजिक सुरक्षा कोष र नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। फागुन २६ र २७ गते काठमाडौमा भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका क्रममा समझदारीमा हस्ताक्षर भएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन भएको थियो। उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको उपस्थितिमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र सो मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषबीच एउटा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो। 

उक्त समझदारी पत्रमा नाडाले आफ्ना आवद्ध संघ संस्था र प्रतिष्ठानहरुलाई श्रम ऐन २०७४ तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गराउने छ। सामाजिक सुरक्षा कोषले कोषबाट सञ्चालित सामाजिक सुरक्षा योजनाहरु र सुविधाहरुका सम्बन्धमा नाडासँगको सहकार्यमा आवश्यक सचेतना कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।

सो समझदारी पत्रमा नाडाकातर्फबाट अध्यक्ष करण चौधरी र कोषकोतर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका छन्। यस्तो ऐतिहासिक समझदारीले नाडा र सामाजिक सुरक्षा कोषबीचको सम्बन्ध आगामी दिनहरुमा थप सवल र सुदृढ हँुदै जाने विश्वाससमेत नाडाले लिएको छ। 

उक्त समझदारी अनुसार नाडाले अब हरेक प्रदेशमा सञ्चालन गर्ने भन्सार, भ्याट र भीसीटीयस सम्बन्धी प्रशिक्षण कार्यक्रमहरुमा सो कोषबाट समेत प्रशिक्षक उपलब्ध गराउने छ। हस्ताक्षर कार्यक्रममा नाडाकातर्फबाट महासचिव सुरेन्द्रकुमार उप्रेती र सचिव विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो। 


प्रकाशित : बिहीबार , फागुन २९ २०८१११:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend