शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चितवनमा टाटाको नयाँ ईभीहरु सार्वजनिक

बुधबार, फागुन २८ २०८१
चितवनमा टाटाको नयाँ ईभीहरु सार्वजनिक

अब चितवनको ग्राहकहरुले सफल मोटर्सको शोरुममा गएर लन्च भएका यी गाडीहरु टेस्ट ड्राइभ र खरिद गर्न सक्नेछन्।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी-२०२५ चितवनमा लन्च गरेको छ। चितवनस्थित चितवन गार्डेन रिसोर्टमा उक्त गाडीहरु लन्च गरिएको हो।

सो कार्यक्रममा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख महाप्रबन्धक सावन्तजंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको साथ सुमन कुमार श्रेष्ठ, एफएनसीसीआई चितवनका अध्यक्षको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा सावन्तजंग सिजापतीले भने, 'कर्भ ईभी डिजाइन, प्रिमियम फिल, सेफ्टी फिचर, उत्कृष्ट साउन्ड सिस्टम र सबैभन्दा महत्वपूर्ण नेपाली बाटोघाटोलाई सुहाउने प्रिमियम गाडी भएकाले प्रिमियम एसयूभी लिन खोज्ने ग्राहकहरुको पहिलो रोजाइमा पर्नेमा हामी ढुक्क छौँ।'

'नेक्सन के३ ईभी अझै ठूलो ब्याट्रीमा धेरै रेञ्जमा आएको छ। टियागो ईभी २०२५ मोडेल नयाँ लुक्स, नयाँ सुविधाहरू तर पुरानै मूल्यमा आएको छ। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नुहुन्छ', उनले भने।

अब चितवनको ग्राहकहरुले सफल मोटर्सको शोरुममा गएर लन्च भएका यी गाडीहरु टेस्ट ड्राइभ र खरिद गर्न सक्नेछन्।


प्रकाशित : बुधबार, फागुन २८ २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend