शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक

बुधबार, फागुन २८ २०८१
वीरगञ्जमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी सार्वजनिक

वीरगञ्जका ग्राहकहरुले शोरुममा गएर कर्भ ईभी, नेक्सन के३ र टाटा सफारीको टेस्ट ड्राइभ गर्नसक्ने कम्पनीले जनाएको छ।

वीरगञ्ज- टाटा मोटर्सको नेपालका आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी वीरगञ्जमा सार्वजनिक गरेको छ। वीरगञ्जस्थित प्राइम मोटर्समा बहुप्रतीक्षित यी गाडीहरु मंगलबार सार्वजनिक भएका हुन्।

सो कार्यक्रममा मदेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको साथ सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थिति रहेको थियो। 

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतीले वीरगञ्जमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित भएको बताए। अब ग्राहकहरुले नेपालको बाटो सुहाउँदो, सुरक्षित टाटाको गाडीहरु आफ्नो बजेट र इच्छा अनुसारले रोज्न सक्नेछन्।

'बिक्रीपछिको सेवाको लागि सिप्रदी तत्पर लागिरहेको छ। त्यसैले टाटा मोटर्सको स्टाइलिश, प्रिमियम नयाँ गाडीहरु ढुक्क भएर लिन सक्नुहुन्छ। सिप्रदीको सुरुवात देखि नै बिक्रीपछिको सेवालाई जोड दिँदै आएको हो र आज ४४ वर्षपछि पनि त्यसलाई निरन्तरता दिँदै गाडीको बिक्रीपछिको सेवाहरु सर्भिस र चार्जिङ नेटवर्कलाई प्राथमिकतामा रहेको छ', उनले भने।

त्यस्तै  प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले वीरगञ्जमा टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरु लन्च गर्न पाउँदा हर्सित भएको बताए। विशेषगरी भारतमा निकै रुचाइएको टाटा कर्भ ईभीको धेरै ग्राहकहरु प्रतीक्षा गरिरहेको र आजबाट गाडी डेलिभरी गर्न पाउँदा उत्साहित भएको उनले बताए। 

कार्यक्रममा बोल्दै प्रमुख अथिति जनार्दन सिंह क्षेत्रीले भने, 'सिप्रदीको सर्भिस सुविधा देखेर अत्यन्त प्रभावित भएको छु। यसमा अझै थप विकास हुँदै जाओस् भन्ने कामना व्यक्त गर्न चाहन्छु।'

टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले कर्भ ईभीमा सिंगल चार्जमै लामो दुरीको यात्रा काठमाडौं, भारतको पटना, मुज्जफापुर सजिलै आवतजावत गर्न सकिने कुरामा जोड दिए।

वीरगञ्जका ग्राहकहरुले शोरुममा गएर कर्भ ईभी, नेक्सन के३ र टाटा सफारीको टेस्ट ड्राइभ गर्नसक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बुधबार, फागुन २८ २०८११२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend