शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बुधबार, फागुन २८ २०८१
प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

बुधबार नेपाली बजारमा सुन प्रतितोला एक लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- बुधबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी पनि महँगिएको छ।

मंगलबार तोलामा ५ सय रूपैयाँले घटेर प्रतितोला एक लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबारका लागि प्रतितोला एक लाख ७० हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आज प्रतितोला ३० रूपैयाँले वृद्धि भएको छ।

बुधबार नेपाली बजारमा चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, फागुन २८ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend