शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, फागुन २७ २०८१
प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

सोमबार प्रतितोला एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन प्रतितोला एक लाख ७० हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ तोकिएको छ।


प्रकाशित : मंगलबार, फागुन २७ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend