बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

images
मंगलबार, फागुन २७ २०८१
images
images
प्रतितोला पाँचसय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले घट्दा चाँदी पनि प्रतितोला १५ रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

images
images

सोमबार प्रतितोला एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

सोमबार सुन प्रतितोला एक लाख ७० हजार चारसय रूपैयाँमा कारोबार भएको थियो।

images
images

यस्तै, सोमबार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला १५ रूपैयाँले घटेको छ।

महासंघका अनुसार मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ तोकिएको छ।


प्रकाशित : मंगलबार, फागुन २७ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend