शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

जनकपुरमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च

सोमबार, फागुन २६ २०८१
जनकपुरमा टाटाको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी लन्च

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च वीरगञ्जमा हुन लागेको छ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नेपालमा हालै लन्च भएको कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी जनकपुरमा लन्च गरेको छ। जनकपुरस्थित गिरिजा अटोमोबाइलमा बहुप्रतीक्षित यी नयाँ गाडीहरु लन्च गरिएको हो।

सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती, टाटा मोटर्सको लागि नेपालका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानका साथै मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा बोल्दै सिप्रदीका सिजापतीले भने, 'आज जनकपुरमा टाटाका नयाँ गाडीहरु लन्च गर्न पाउँदा अत्यन्त उत्साहित छौँ। अब ग्राहकहरुले टाटाका ईभीहरु २७ लाख ४९ हजारबाट सुरु गरेर ५६ लाख ९९ हजार सम्ममा रोज्न पाउनु हुनेछ।'

'इन्ट्री लेभल गाडी खोजिरहनुभएको ग्राहकले टियागो ईभी रोज्न सक्नुहुन्छ। बजेटमा एसयुभीको आनन्द खोज्ने ग्राहकले पन्च ईभी रोज्न सक्नुहुन्छ। अलि धेरै र टाढा यात्रा गर्ने ग्राहकले नेक्सन के३ ईभी रोज्न सक्नुहुन्छ। र प्रिमियम एसयूभीमा लामो दुरी भारतको पटना, दरभंगा यात्रा गरेर फिर्ता आउन चाहने ग्राहकहरुले आज लन्च गरेको कर्भ ईभी टप भेरियन्ट लिन सक्नुहुन्छ। साथै भारतमा टाटा कम्पनीले राखेको चार्जिङ सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ', उनले भने।

त्यस्तै, गिरिजा अटोमोबाइलका प्रोपाइटर यांदु जैनले जनकपुरमा टाटा ईभीको बढी रेञ्ज भएको गाडीको आवश्यकता रहेको र आज कर्भ ईभी र नेक्सन के३ ईभीले त्यो पूरा गरेको बताए।

जनकपुरमा लन्च सकेर अब टाटाका नयाँ गाडीहरुको रिजनल लन्च वीरगञ्जमा हुन लागेको छ।


प्रकाशित : सोमबार, फागुन २६ २०८११७:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend