शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली

सोमबार, फागुन २६ २०८१
म्याक लुब्रिकेन्ट्सको महिला राइडर्स र्‍याली

कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भइ ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगी सम्पन्न भएको हो।

काठमाडौं- अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म्याक लुब्रिकेन्ट्सले 'एक्सेलेरेट एक्सन : हर डे  हर  वे' नामक शीर्षकमा महिला राइडर्सको भेटघाट र र्‍याली कार्यक्रमको आयोजना गरेको छ।  

यस कार्यक्रम सिप्रदी ट्रेडिङको थापाथली कार्यालयबाट आरम्भ भइ ललितपुरको सातदोबाटोमा रहेको स्वीमिङ कम्प्लेक्समा पुगी सम्पन्न भएको हो। 

सिप्रदी ट्रेडिङ भारत पेट्रोलियमद्वारा उत्पादित म्याक लुब्रिकेन्ट्सको नेपालको लागि अधिकारिक बिक्रेता हो। राइडर्स र्‍यालीको उद्घाटन सिप्रदी ट्रेडिङका सीईओ राजनबाबु श्रेष्ठ, सीओओ राजेशप्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलिया, ल्युब डिपार्टमेन्ट प्रमुख दिनेश केसी र भारत पेट्रोलियमका कन्ट्री हेड मिहिर ज्योति दत्ताद्वारा झण्डा फहराएर संयुक्तरुपमा गरिएको थियो।

यस र्‍यालीमा सुरक्षा केसी र वर्षा बस्नेत जस्ता लोकप्रिय इन्फ्लुन्सर तथा राइडर्सलगायत विभिन्न क्षेत्रका ऊर्जावान महिलाहरुको सहभागिता थियो। सहभागी राइडर्स र खेलका (र्‍याली कार्यक्रमको दौरान आयोजित) विजेताहरूलाई प्रमाणपत्र वितरण गरी र्‍यालीको समापन भएको थियो।  

यस कार्यक्रमको मुख्य उद्देश्य विशेषत: युवा महिला राइडर्सलाई जीवनमा अगाडि बढ्न रोचक ढंगले प्रेरणा दिइ फोरटी स्कूटेक एनएक्सटी र फोरटी एनएक्सटी जस्ता म्याक ब्राण्डका उच्च गुणस्तरयुक्त उत्पादनबारे ग्राहक सचेतना बढाउनु थियो। 

फोरटी स्कूटेक एनएक्सटीके कम घर्षणको साथ सहज एक्सेलेरेशन, कम इन्धन खपत जस्ता सुविधाको प्रत्याभूति गर्दछ। यसले इन्जिनलाइ सफा राखी क्षयीकरणबाट पनि रक्षा गर्दछ।  

यसैगरी फोरटी एनएक्सटीले एयर कुल्ड इन्जिनहरूलाई उच्च तापक्रममा सुरक्षित राखी गियर परिवर्तनको कार्यलाई सजिलो र छरितो बनाउन मदत गर्छ। यति मात्र  होइन यस उत्पादनले क्लचको समस्यालाई निराकरण गरी  इन्जिनलाइ  क्षयीकरणबाट जोगाउछ। 


प्रकाशित : सोमबार, फागुन २६ २०८१११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend