शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

सोमबार, फागुन २६ २०८१
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

सोमबार सुन प्रतितोला एक लाख ७० हजार चारसय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- सोमबार सुनको मूल्य प्रतितोला एकसय रूपैयाँले वृद्धि हुँदा चाँदीको भने स्थिर रहेको छ।

आइतबार प्रतितोला एक लाख ७० हजार तीनसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला एक लाख ७० हजार चारसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

यो साता आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, फागुन २६ २०८१११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend