मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

वाणिज्य बैंकहरूको कर्जाको औषत ब्याजदर ८.५५ प्रतिशत, सबै कर्जा एकल अंकमा

आइतबार, फागुन २५ २०८१
वाणिज्य बैंकहरूको कर्जाको औषत ब्याजदर ८.५५ प्रतिशत, सबै कर्जा एकल अंकमा

काठमाडौं- चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर घटेर ८.५५ प्रतिशतमा आएको छ भने निक्षेपको औषत ब्याजदर घटेर ४.६२ प्रतिशतमा आएको छ। 

बैंकिङ प्रणालीमा कर्जा लगानी बढ्न नसकेकाले कर्जाको ब्याजदर निरन्तररुपमा घटेर न्यून बिन्दुमा आएको हो। बैंकिङ प्रणालीमा निक्षेप बढेपनि कर्जा लगानी नबढेपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तररुपमा घटाइरहेका छन्।

निक्षेप घटेसँगै बैंकहरूको कष्ट अफ फण्ड र आधार दरसमेत सस्तो भएकाले कर्जाको ब्याजदर घटेको हो। पछिल्लो समय राष्ट्र बैंकमा ३ प्रतिशतमा निक्षेप राख्नुभन्दा प्रिमियम दर घटाउन बैंकहरूबीच प्रतिसपर्धा चलिरहेको छ। बैंकहरूले प्रिमियम दर शून्यदेखि १ प्रतिशतको हाराहारीमा राखेर ब्याजदर निर्धारण गरेकाले पनि कर्जाको ब्याजदर घटेको हो।  

पुसमा बैंकहरूको कर्जाको औषत ब्याजदर ८.६९ प्रतिशत रहेको थियो। अधिकांश बैंकहरूले माघ र फागुनमा निक्षेपको ब्याजदर स्थिर राखेपनि अगाडिका महिनाहरूमा ब्याजदर घटाएकाले समीक्षा अवधिमा पनि घटेको हो। 

यस अवधिमा टर्म लोनको ब्याजदर ८.७१ प्रतिशत, ओभरड्राफ्टको ब्याजदर ९.६१ प्रतिशत, क्यास क्रेडिटको ब्याजदर ८.५९ प्रतिशत, आयात कर्जाको ब्याजदर ८.५० प्रतिशत, चालु पुँजी कर्जाको ब्याजदर ८.१४ प्रतिशत, रियल स्टेट कर्जाको ब्याजदर ८.९१ प्रतिशत, सेयर कर्जाको ब्याजदर ८.५८ प्रतिशत, हायरपर्चेज कर्जाको ब्याजदर ९.०३ प्रतिशत, डिप्राइट सेक्टरको ब्याजदर ७.५४ प्रतिशत, विल्स पर्चेज कर्जाको ब्याजदर ८.७२ प्रतिशत र अन्य प्रोडक्टको ब्याजदर ९.०५ प्रतिशतमा आएको छ।

वाणिज्य बैंकहरूले माघ महिनामा करिब ४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

७ महिनामा वाणिज्य बैंकले कमाए ३४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा, कुन बैंकको कति? ७ महिनामा वाणिज्य बैंकले कमाए ३४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा, कुन बैंकको कति?


प्रकाशित : आइतबार, फागुन २५ २०८११९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend