काठमाडौं- चालु आर्थिक वर्षको ७ महिना (माघसम्म) मा वाणिज्य बैंकहरूले ३४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेका छन्।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैकिङ तथा वित्तीय तथ्यांक सार्वजनिक गर्दै यस अवधिमा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको देखाएको छ। यस अवधिमा नबिल बैंकले करिब ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ।
यस्तै ३ अर्ब ८९ करोड खुद नाफा गर्दै ग्लोबल आईएमई बैंकले नबिललाई पछ्याइरहेको छ। तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बेंकले ३ अर्ब ४३ करोड खुद नाफा गरेको छ।
यस्तै एभरेष्ट बैंकले २ अर्ब ५७ करोड रुपैयाँ, नेपाल बैंक लिमिटेडले २ अर्ब ४५ करोड रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३४ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा गरेका छन्।
वाणिज्य बैंकले १ अर्ब २३ करोड रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५९ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड रुपैयाँ, सानिमा बैंकको १ अर्ब ३७ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेका छन्।
यसबाहेक माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेका छन्।