काठमाडौं- नेपालका लागि क्याटरपिलर हेवी ईक्विपमेन्टको आधिकारी बिक्रेता बतास ट्रयाक्टर्सले काठमाडौंमा हाइड्रो सेगमेन्टका ग्राहककेन्द्रित गरी सम्मेलन आयोजना गरेको छ।
फागुन २३ गते गरिएको उक्त कार्यक्रममा हाइड्रोपावर उद्योगका ५० भन्दा बढी सम्मानित ग्राहकहरूले सहभागिता जनाएका थिए। यस कार्यक्रममा क्याटरपिलरको मेसिनरीको अद्वितीय क्षमता र हाइड्रो परियोजनाहरूमा यसले ल्याउने दक्षता, नवीनता र प्रभावकारीतालाई प्रदर्शन गरिएको थियो।
हाल क्याटरपिलरका मेसिनरीहरू नेपालको हाइड्रो सेगमेन्टमा अग्रणी स्थानमा रहेकोमा सम्पूर्ण ग्राहकहरुको विश्वास र समर्थनको लागि क्याटरपिलरका प्रमुख कम्पनी गेनवेल कमोशेल्स ईण्डियाका सीआई प्रमुख दीपक जोलीले धन्यवाद व्यक्त गरेका थिए।
ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउन र निर्माण र हाइड्रोपावर प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्न बतास ट्रयाक्टर्स सदैव तत्पर रहेको जानकारी कम्पनीका कार्यकारी निर्देशक दिपेन्द्र मल्लले बताए।
कार्यक्रममा हालै क्याटरपिलर मेसिनरी खरिद गर्ने सम्मानित ग्राहकहरूलाई चाबी हस्तान्तरण समारोह आयोजना गरिएको थियो जसमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन, फेवा कन्स्ट्रक्सन, भूगोल इन्फ्रास्ट्रक्चर, सिउरी न्यादी, र बन्दन भगवती निर्माण सेवा जस्ता कम्पनीहरू समावेश थिए।
उक्त कार्यक्रममा गेनवेल कमोशेल्स ईण्डियाका शेल्स हेड आनन्द झाले क्याटरपिलर मेसिनरीहरूको प्राविधिक विशेषताहरू, लागत दक्षताको बारेमा विस्तृत जानकारी दिएका थिए जसमा ३२० डी ३ सीजी, २०-टन, २३-टन, र २५-टनका एक्साभेटर, ब्याकहो लोडर, मोटर ग्रेडर जस्ता मोडेलहरू समावेश थिए।
यस कार्यक्रमको मुख्य आकर्षण रहेको जीसी सिरिज मेसिनरीहरूले कसरी हाइड्रोपावर परियोजनाहरूमा नवीनता र दक्षता ल्याउन सक्छ भन्नेबारेमा जोड दिँदै यस सिरिजले ईण्डियामा हेवी इक्विपमेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएर आफूलाई प्रमाणित गरी सकेको समेत गेनवेल कमोशेल्स ईण्डियाका बिक्रि तथा प्रबन्धक निर्देशक मुकुल दिक्षितले बताएका थिए।
क्याटरपिलरले २४ सै घण्टा सर्भिस र स्पेयर पाट्र्स समर्थन प्रदान गर्दै आएको र यसले दुर्गम स्थानहरूमा पनि मेसिनरीको परिवहनको लागि डिस्मान्टलिङ र हेलिकप्टर लिफटिगं जस्ता उन्नत समाधानहरू प्रदान गर्दै आएको क्याटरपिलरका सेवा प्रदायक कम्पनी ट्रयाक्टर्स नेपालका समनजीले बताए।
बतास ट्रयाक्टर्स प्रालिका प्रबन्धक निर्देशक शान्त राज बतासले हाइड्रोपावर नेपालको आर्थिक विकासको आधारशिला रहेको र क्याटरपिलर मेसिनरीहरू हाइड्रोपावर परियोजनाहरूको अनौठा चुनौतीहरू पूरा गर्न पूर्ण रूपमा उपयुक्त रहेको जानकारी दिए।
हाइड्रो परियोजनाहरूमा न्यूनतम डाउनटाइम र अधिकतम उत्पादकता सुनिश्चित गर्न कस्टमर सर्भिस अग्रिमेन्ट गर्न आग्रहका साथ सबै सहभागीहरूलाई आभार व्यक्त गर्दै सम्मेलन समापन गरिएको थियो।