सोमबार, चैत १८ गते २०८१    
सोमबार, चैत १८ २०८१
images
images

सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाको प्रक्रिया अघि बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २३ २०८१
images
images
सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाको प्रक्रिया अघि बढ्यो

लुक्लाको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले हवाई उडान प्रभावित भएर पर्यटकहरुले सास्ती खेप्दै आएका छन्। फाप्लुबाट नियमित उडान भएमा पर्यटकहरू फाप्लु हुँदै सगरमाथा क्षेत्र जाने तथा काठमाडौं फर्कन सहज हुने जनाइएको छ।

images
images

सोलुखुम्बु- सोलुखुम्बुको फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ।

images
images

नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले यसका लागि बिहीबार स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ। 

images
images

यहाँ ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौं उडान थप सहज हुने अपेक्षा गरिएको छ। सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगरप्रमुख शेर्पाले जानकारी दिए।

images
images

फाप्लुलाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौं-फाप्लु तथा फाप्लु-लुक्ला सिधा उडानलाई सहज बनाउन ‘रिफ्युलिङ सेन्टर’ आवश्यक रहेको उनको भनाइ छ।

'रिफ्युलिङ सेन्टर स्थापनापश्चात् यहाँको पर्यटन पवर्द्धनमा ठुलो टेवा पुग्ने छ, खुम्बुमा मौसम प्रतिकूल भएर हवाई उडान प्रभावित हुँदा पर्यटकहरू हप्तौँ कुर्र्नुपर्ने बाध्यता छ। फाप्लुमा यो सेन्टर स्थापना भएमा जहाजकै कारण त्यसरी पर्यटकहरु कुर्नुपर्ने बाध्यता हट्ने छ', नगरप्रमुख शेर्पाले भने।

हाल सञ्चालनमा रहेका जिल्लाका दुई विमानस्थलमध्ये लुक्लामा मौसम प्रतिकूल हुनेबित्तिकै सगरमाथा क्षेत्र जाने तथा फर्किने पर्यटकहरू हप्तौँ कुर्नुपर्ने बाध्यता रहेको छ।

लुक्लाको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले हवाई उडान प्रभावित भएर पर्यटकहरुले सास्ती खेप्दै आएका छन्। फाप्लुबाट नियमित उडान भएमा पर्यटकहरू फाप्लु हुँदै सगरमाथा क्षेत्र जाने तथा काठमाडौं फर्कन सहज हुने जनाइएको छ।  

रक्षामन्त्री मानवीर राईले फाप्लु विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउन सकिएमा सोलुखुम्बुको समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने बताए। उनले फाप्लुमा नियमित उडान नहुँदा आकस्मिक उद्धार तथा हवाई यात्रामा समस्या भइरहेकाले समस्या समाधानमा ध्यान दिनुपर्ने बताए। रासस  


प्रकाशित : शुक्रबार, फागुन २३ २०८११५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend