काठमाडौं- डोङफेङ नामी, बिग ह्याच विद फाइभ-स्टार लक्जरीले नेपालको सडकमा ५ सयभन्दा बढी कारहरूको बिक्रीका साथ उत्कृष्ट माइलस्टोन हासिल गरेको छ। यो उल्लेखनीय उपलब्धिले ईभी बजारमा नामीको बढ्दो प्रभुत्व र नेपालको यातायात क्षेत्रलाई पुन:परिभाषित गरेको कम्पनीले जनाएको छ।
परम्परागत कार लन्चभन्दा फरक रहँदै नामीले अटोमोटिभ उद्योगमा मौलिक प्रकारको एक अभूतपूर्व फेसन शो-थीम कार्यक्रममार्फत डेब्यु गरेको थियो। ग्ल्यामर र अत्याधुनिक प्रविधि मिश्रित यो नवीन लन्चले नामीको भाइब्रेन्ट डिजाइन, अत्याधुनिक सुविधाहरू र प्रिमियम प्रदर्शन गरेको कम्पनीको भनाइ छ।
नामीले यो अविश्वसनीय उपलब्धि मनाउँदै गर्दा यस ब्रान्डले एमएडब्लू वृद्धि ईभी कार्निभलको समापन समारोहमा अर्को माइलस्टोन हासिल गरेको छ। एक विशेष समारोहमा ५ जना ग्राहकहरूलाई ब्रान्ड-न्यू नामी गाडीहरूको साँचो हस्तान्तरण गरिएको थियो।
देशभरि पहिले नै ५ सयभन्दा बढी नामी कारहरू गुडिरहेको अवस्थामा यस ब्रान्डले नेपालको ईभी लहरमा आफूलाई अग्रणीको रूपमा दृढतापूर्वक स्थापित गरेको कम्पनीको दाबी छ। नामीले नाडा अटो शोमा ७ सय २० भन्दा बढी बुकिङहरूको रेकर्ड पनि कायम गरेको थियो।
नामीमा फ्रेमलेस डुअर, मेमोरी सिट, फ्लश डुअर ह्यान्डलहरू र स्लिक फ्ल्याट सर्फेस रहेको छ। गाडीमा लेभल २ एड्याश स्ट्यान्डर्ड सुरक्षा प्रणाली र १२.८ इन्चको उन्नत इन्फोटेनमेन्ट कन्सोल पनि छ जसले अनुपम आराम, सुरक्षा र प्रविधि प्रदान गर्दछ।
बोल्ड डिजाइन र जीवन्त रंगहरूको विकल्पको साथ नामी छोटो समयमै सबैको आकर्षक विकल्प बनेको छ।