शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा लगातार वृद्धि, आज प्रतितोला तीनसय रूपैयाँले बढ्यो

बिहीबार , फागुन २२ २०८१
सुनको मूल्यमा लगातार वृद्धि, आज प्रतितोला तीनसय रूपैयाँले बढ्यो

बिहीबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबारयता लगातार बढेको हो। मंगलबार प्रतितोला १४ सय र बुधबार प्रतितोला ९ सय रूपैयाँले महँगिएको सुनको मूल्य बिहीबार प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको हो।

बुधबार प्रतितोला एक लाख ७० हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ७० हजार सातसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ। 

महासंघका अनुसार यो साता बुधबार प्रतितोला एक हजार ९ सय ५० रूपैयाँ मूल्य तोकिएको सुन बिहीबार प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , फागुन २२ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend