काठमाडौं- बिहीबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबारयता लगातार बढेको हो। मंगलबार प्रतितोला १४ सय र बुधबार प्रतितोला ९ सय रूपैयाँले महँगिएको सुनको मूल्य बिहीबार प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको हो।
बुधबार प्रतितोला एक लाख ७० हजार चारसय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबारका लागि प्रतितोला एक लाख ७० हजार सातसय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि आज प्रतितोला ३५ रूपैयाँले वृद्धि भएको छ।
महासंघका अनुसार यो साता बुधबार प्रतितोला एक हजार ९ सय ५० रूपैयाँ मूल्य तोकिएको सुन बिहीबार प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।