शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंकका ग्राहकलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा २० प्रतिशतसम्म छुट

मंगलबार, फागुन २० २०८१
कुमारी बैंकका ग्राहकलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा २० प्रतिशतसम्म छुट

सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा  १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

काठमाडौं- कुमारी बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौंको भाटभटेनी टंगालस्थित क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब) मा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त ल्याबबीच छुटसम्बन्धी सम्झौता भएको हो।

सम्झौता बमोजिम ल्याबबाट प्रदान गरिँदै आएका सेवाहरुमा कुमारी बैंकका ग्राहकहरूलाई आन्तरिक ल्याब टेष्टमा २० प्रतिशत र बाह्य ल्याब टेष्टमा  १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

प्रकाशित : मंगलबार, फागुन २० २०८११७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend