शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

आइतबारदेखि चलिरहेको 'यामाहा मेगा सर्भिस क्याम्प' मा विभिन्न छुट सुविधासँगै ग्राहकलाई गिफ्ट ह्याम्पर

मंगलबार, फागुन २० २०८१
आइतबारदेखि चलिरहेको 'यामाहा मेगा सर्भिस क्याम्प' मा विभिन्न छुट सुविधासँगै ग्राहकलाई गिफ्ट ह्याम्पर

एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपांग्रे ब्रान्ड हो। यामाहाको नेपालभर २ सयभन्दा बढी सेवा केन्द्रहरू रहेका छन्।

काठमाडौं- आइतबारदेखि यामाहा नेपालको 'यामाहा मेगा सर्भिस क्याम्प' चलिरहेको छ। फागुन २४ अर्थात् आगामी शनिबारसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा चल्ने उक्त सर्भिस क्याम्पमा ग्राहकहरूले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन्।

क्याम्पमा उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामाहा ल्युबमा १५ प्रतिशत छुट पाइनेछ भने टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १० प्रतिशत छुट, लेबर चार्जेजमा ५० प्रतिशत छुट ग्राहकले प्राप्त गर्न सक्नेछन्। यस्तै सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप, नि:शुल्क बाइक वाश, नि:शुल्क एएमसी कार्डका साथै विभिन्न गिफ्ट ह्याम्पर ग्राहकले पाउने कम्पनीले जनाएको छ। 

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले भने, 'यामाहा मेगा सर्भिस क्याम्पमार्फत हामी हाम्रा ग्राहकहरूलाई कीफायती मूल्यमा विशेषज्ञ हेरचाह र वास्तविक सेवा प्रदान गर्दैछौँ। हामी सबै यामाहा चालकहरूलाई यो अवसरको फाइदा उठाउन र आफ्ना बाइकहरूलाई उत्कृष्ट अवस्थामा राख्न आमन्त्रित गर्दछौँ।'

एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुईपांग्रे ब्रान्ड हो। यामाहाको नेपालभर २ सयभन्दा बढी सेवा केन्द्रहरू रहेका छन्।


प्रकाशित : मंगलबार, फागुन २० २०८११२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend