काठमाडौं- यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने वृद्धि भएको छ। मंगलबार तोलामा एक हजार चारसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएको छ।
यो साता सोमबार र आइतबार सुन प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।
लगातार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ८ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।