शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, फागुन २० २०८१
प्रतितोला एक हजार चारसय रूपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार सुनको मूल्य प्रतितोला १४ सय रूपैयाँले वृद्धि भएको छ भने चाँदी प्रतितोला २५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता आइतबार र सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने वृद्धि भएको छ। मंगलबार तोलामा एक हजार चारसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५ सय रूपैयाँ कायम भएको छ।

यो साता सोमबार र आइतबार सुन प्रतितोला एक लाख ६८ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।

लगातार स्थिर रहेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला २५ रूपैयाँले वृद्धि भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ८ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, फागुन २० २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend