शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

भारतबाट तस्करीले गर्दा मारमा पर्साका पोल्ट्री व्यवसायी

सोमबार, फागुन १९ २०८१
भारतबाट तस्करीले गर्दा मारमा पर्साका पोल्ट्री व्यवसायी

त्यसपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सयुक्त बैठक आयोजना गरेका थिए।

काठमाडौं- भारतबाट हुने तस्कारीका कारण पर्साका पोल्ट्री व्यवसायी मारमा परेका छन्। 

भारतीय सीमा नाका वाट अबैध रूपमा भित्रने पोल्ट्रीजन्य बस्तुहरु अण्डा, चल्ला, कुखुरा , तयारी मासुले गर्दा स्वदेशका व्यवासयी मारमा परेको व्यवसायीहरूले बताएका छन्। 

नेपाल लेयर्स कुखुरापालक सघले पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चोरी रोक्न माग गरेका छन्। 

संघका अध्यक्ष बिनोद पोखरेलको नेतृत्वमा गरेको संघका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन्। 

त्यसपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सयुक्त बैठक आयोजना गरेका थिए। 

शसस्त्र प्रहरी उपरीक्षक , जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ,भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पर्साका निमित्त प्रमुख, उद्योग वाणिज्य सघ पर्साका कोषाध्यक्ष , नेपाल भेटेरीनरी एशोसियशन केन्द्रिय समितिका निवर्तमान अध्यक्ष डा शितलकाजी श्रेष्ठ , सघका अध्यक्ष बिनोद पोखरेल , महासचिव  भेषराज अर्याल , सदस्य अमोद खनाल र  गोकुलनाथ पौडेल ,सल्लाहकार  शिवाजी प्रसाद साह लगायत सहभागी थिए। 

 


प्रकाशित : सोमबार, फागुन १९ २०८११८:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend