शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

सोमबार, फागुन १९ २०८१
कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा विशेष छुट

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ।

काठमाडौं- कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बालुवाटारस्थि टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्।

बैंक र कम्पनीबीच विशेष छुट दिनेगरी सम्झौता भएको हो। सम्झौताबमोजिम क्लिनिकको विभिन्न सेवाहरुमा कुमारी बैंकका ग्राहकहरुले ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

कुमारी बैंकले देशभर रहेका आफ्ना ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ जनाएको छ।

साथै आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।


प्रकाशित : सोमबार, फागुन १९ २०८११३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend