शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दार्चुलामा नयाँ शाखा सञ्चालनमा आएसँगै ७७ वटै जिल्लामा पुग्यो प्रभु बैंकको सेवा

सोमबार, फागुन १९ २०८१
दार्चुलामा नयाँ शाखा सञ्चालनमा आएसँगै ७७ वटै जिल्लामा पुग्यो प्रभु बैंकको सेवा

दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको छ।

काठमाडौं- प्रभु बैंक लिमिटेडले दार्चुलाको महाकाली नगरपालिका-४ स्थित खलंगामा ३१२औँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकको दार्चुला शाखा कार्यालयको आइतबार उद्घाटनका क्रममा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुखलगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।

बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपश्चात स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास छ।

प्रभु बैंकको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैंकको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको छ। 


प्रकाशित : सोमबार, फागुन १९ २०८१११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend