मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ता मालामाल

आइतबार, फागुन १८ २०८१
यी तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा लगानीकर्ता मालामाल

काठमाडौं- आइतबार सेयर बजार ७५.२४ अंकले बढेर २८९०.२८ बिन्दुमा पुगेको छ। जहाँ १४ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ। १९६ कम्पनीको सेयर मूल्य बढ्दा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

आइतबार हिमालयन डिष्ट्रिलरी, नेपाल लाइफ इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

हिमालयन डिष्ट्रिलरी लिमिटेडको सेयर प्रतिकित्ता १२०.९० रुपैयाँ बढेर १३२९.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। १ लाख ९० हजार ५ सय ६२ कित्ता कारोबार भएको कम्पनीको पछिल्लो ५२ हप्तामा ११३६ रुपैयाँमा न्यूनतम र १७४९ रुपैयाँ मूल्यसम्म उच्चतम कारोबार भएको थियो। पछिल्लो समय नाफा वृद्धि गरेसँगै आगामी वर्ष लाभांश उच्च दिने अनुमानसहित लगानीकर्ता एचडीएलमा झुम्मिएका छन्।

त्यस्तै आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यसमेत १० प्रतिशत बढेको छ। कम्पनीको सेयर प्रतिकित्ता ७६.५० रुपैयाँले बढेर ८४१.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा १०६० रुपैयाँ अधिकतम र न्यूनतम ५६६ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको पनि सेयर मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रतिकित्ता १०३.८० रुपैयाँले बढेर ११४२.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा उच्चतम मूल्य ११४२.२० रहेको छ भने न्यूनतम मूल्य ३०१ रुपैयाँ रहेको छ।

लगातार २११ अंकले बढ्यो सेयर बजार, आइतबार १४ अर्ब २५ करोड रुपैयाँको कारोबार लगातार २११ अंकले बढ्यो सेयर बजार, आइतबार १४ अर्ब २५ करोड रुपैयाँको कारोबार

theee.png

आइतबार समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

आइतबारको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.७९, जीवन बीमा समूह ४.३१, होटल तथा पर्यटन ४.२८ र वित्त समूह ४.२८ प्रतिशतले बढेको छ।

यस्तै बैंकिङ २.५३, विकास बैंक ३.८८, जलविद्युत् १.९८, लगानी ३.०३, लघुवित्त १.३५, निर्जीवन बीमा ३.४१, व्यापार १.०६ र अन्य समूह १.५१ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ८ लाख ७३ हजार ५ सय ७६ कित्ता सेयर किनबेच भएको छ।


प्रकाशित : आइतबार, फागुन १८ २०८११५:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend