मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार २११ अंकले बढ्यो सेयर बजार, आइतबार १४ अर्ब २५ करोड रुपैयाँको कारोबार

आइतबार, फागुन १८ २०८१
लगातार २११ अंकले बढ्यो सेयर बजार, आइतबार १४ अर्ब २५ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको दुई साता नै सबै कारोबारमा उकालो लाग्दै १३५.७७ अंकले बढेको सेयर बजार यो साता पहिलो कारोबारमा आइतबार पनि व्यापक वृद्धितर्फ लागेको छ। बजारमा अहिले लगातार २११.०१ अंकको वृद्धि देखिएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार ७५.२४ अंकले बढेर बजार २८९०.२८ बिन्दुमा पुगेको छ। १४ अर्ब २५ करोड ४ लाख रुपैयाँको कारोबार भएको बजारमा १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ। ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

आइतबारको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक १.२७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ४.७९, जीवन बीमा समूह ४.३१, होटल तथा पर्यटन ४.२८ र वित्त समूह ४.२८ प्रतिशतले बढेको छ।

यस्तै बैंकिङ २.५३, विकास बैंक ३.८८, जलविद्युत् १.९८, लगानी ३.०३, लघुवित्त १.३५, निर्जीवन बीमा ३.४१, व्यापार १.०६ र अन्य समूह १.५१ प्रतिशतले बढेको छ।

हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ९७ करोड ५३ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ८ लाख ७३ हजार ५ सय ७६ कित्ता सेयर किनबेच भएको छ।

गएको साता आइतबार ११.६६ अंक र सोमबार ३.३५ अंकले बढेको बजार मंगलबार पनि ७.१३ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा पुगेको थियो। त्यसअघिको साता आइतबार १९.५६ अंक, सोमबार २९.८७ अंक र मंगलबार ११.९१ अंकले बढेको बजार बुधबार बन्द रहेको थियो भने बिहीबार ३.१४ अंकले बढेको थियो। 

गएको पुस महिनामा नै ८८.१३ अंकले ओरालो लागेको सेयर बजारमा माघ महिनामा ९१.६ अंकको सुधार देखिएको थियो। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा फागुन महिनामा बजारले नयाँ उचाइतर्फको लय समातिरहेको छ।

बजारले २८०० को मनोबैज्ञानिक बिन्दु पार गरेकाले अब नयाँ उचाइ समात्ने अपेक्षामा लगानीकर्ता रहेका छन्।  बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। लामो समयदेखि देखिएको ‘स्टप लस हन्टिङ’ को अवस्था पूरा भएकाले पनि बजारले अब उचाइ नै समात्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : आइतबार, फागुन १८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend