शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एमएडब्लू ईभी कार्निभल सुरु, आकर्षक अफरसहित दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्जको सुविधा

आइतबार, फागुन १८ २०८१
एमएडब्लू ईभी कार्निभल सुरु, आकर्षक अफरसहित दिपल, नामी र सेरेस ईभीको टेस्ट ड्राइभ र एक्सचेन्जको सुविधा

साथै, उपत्यका बाहिरका शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो कार्यक्रम कञ्चनजंघा बैंक्वेटमा आयोजना हुनेछ।

काठमाडौं- नेपालमा दिपाल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गरेको छ।

यो कार्यक्रम काठमाडौं उपत्यकाको अमरपाली बैंक्वेट, नक्सालमा आज आइतबारदेखि फागुन २१ गते बुधबारसम्म बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म दैनिक सञ्चालन हुने एमएडब्लू वृद्धिले जनाएको छ।

साथै, उपत्यका बाहिरका शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ। विराटनगरमा यो कार्यक्रम कञ्चनजंघा बैंक्वेटमा आयोजना हुनेछ। चार दिनसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभल ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अभुतपूर्व अफरको फाइदा उठाउँदै ईभी खरिद गर्न सक्नेछन्।

यो एक्सक्लुसिभ कार्निभलमा ग्राहकले नेपालमा भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयुभीको अनुभव पनि गर्न सक्नेछन्, जुन एउटा सिंगट बटनमा एसयुभीबाट पिकअप ट्रकमा परिणत हुन्छ। साथै, यो कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्नेछन्।

एमएडब्लू वृद्धि ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन्। ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालुसमेत पाउनेछन्। यसबाहेक हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पनि पाउने कम्पनीले जनाएको छ।

कार्निभलमा चांगानको अफरोड क्यापाबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ, जसलाई मात्र १० लाख रुपैयाँ डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ।

हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्रि भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एकजनाले लक्की ड्रमार्फत आईफोन१६ प्रोम्याक्स पाउनेछन्। रिफ्रेसमेन्ट र म्युजिकले यो कानिर्भललाई अझ उत्कृष्ट बनाउने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ।

पछिल्लो समयमा नेपाली अटो बजारमा दिपल, नामी र सेरेसले राम्रो प्रदर्शन गरिरहेको छ। आफ्नो डिजाइन र प्रविधिका कारण दिपललाई छोटो समयमै निकै बजारले रुचाएको छ भने नामी र सेरेसले पनि आक्रामक रुपमा बजार लिइरहेको छ।


प्रकाशित : आइतबार, फागुन १८ २०८१११:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend