शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर : ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

शनिबार, फागुन १७ २०८१
एनसेलले ल्यायो ‘म्याजिक रिसोर्सेस’ बोनस अफर : ८ जीबीसम्म बोनस डेटा पाउन सकिने

यो बोनस अफर *१२३# डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूका लागि मात्र मान्य हुने एनसेलले जनाएको छ।

काठमाडौं- एनसेलका ग्राहकहरूले अब कुनै पनि प्याक किन्दा निःशुल्क रुपमा बोनस रिसोर्स डेटा, भ्वाइस वा एसएमएस प्राप्त गर्न सक्छन्।

‘म्याजिक रिसोर्सेस’ बोनस अफरअन्तर्गत, ग्राहकहरूले रिन्यूअल प्याक तथा अन्य प्रोडक्टहरू खरिद गर्दा ८ जीबीसम्म डेटा वा २०० मिनेटसम्म अन-नेट टक टाइम बोनसका रूपमा प्राप्त गर्न सक्छन्। यो अफर बिहीबार (फागुन १५) देखि लागु भएको हो।

अनलिमिटेड सेवा र झन्झटरहित मोबाइल कनेक्टिभिटी सुनिश्चित गर्ने सधैँ अन रिन्युअल प्याक हालैमात्र सञ्चालनमा ल्याएपछि एनसेलले यो बोनस अफर ल्याएको हो। यो बोनस अफर *१२३# डायल गरी प्याक खरिद गर्ने ग्राहकहरूका लागि मात्र मान्य हुने एनसेलले जनाएको छ।

‘म्याजिक रिसोर्सेज’ बोनस अफर अन्तर्गत, सधैँ अन रिन्युअल प्याक, होम एण्ड अवे प्याक, अनलिमिटेड भ्वाइस, अनलिमिटेड डेटालगायत १५ विभिन्न प्याकहरू खरिद गर्ने ग्राहकहरूले बोनस सुविधाहरू प्राप्त गर्न सक्छन्। जस्तो कि ७९९ रूपैयाँको होम एन्ड अवे रिन्युअल प्याक लिने ग्राहकहरूले प्याकमा पाइने २८ दिनको समयावधि भएको मुख्य सेवा ६५ जीबी डेटाबाहेक ८ जीबी डेटा वा २०० मिनेट अन-नेट टक टाइम वा २०० अन-नेट एसएमएस बोनस रूपमा प्राप्त गर्दछन्।

यस अफरअन्तर्गत समावेश सधैँ अन रिन्युअल प्याकहरूमा प्याक अनुसार ग्राहकहरूले ५ जीबीदेखि ७.५ जीबीसम्म डेटा वा २० मिनेटदेखि ८० मिनेटसम्म अन-नेट टक टाइम, वा १० देखि २०० अन-नेट एसएमएस बोनसका रूपमा पाउँछन्।

त्यसैगरी सात दिन समयसीमा रहेको २०० रूपैयाँको कम्बो प्याकमा, ग्राहकहरूले प्याकमा समावेश रहेको ५० मिनेट टक टाइम र अनलिमिटेड डेटासँगै बोनस वापत २ जीबी डेटा वा ५० मिनेट अन-नेट टक टाइम, वा १० अन-नेट एसएमएस प्राप्त गर्दछन्। त्यस्तै, ४९९ रूपैयाँको अनलिमिटेड भ्वाइस रिन्यूअल प्याकमा, ग्राहकहरूले ५ जीबी डेटा वा १०० मिनेट अल नेट टक टाइम, वा १०० अन-नेट एसएमएस बोनस प्राप्त गर्न सक्छन्।

बोनसस्वरुप पाइने यी सेवा, सुविधाहरुले ग्राहकको अनुभव वृद्धि गर्नुका साथै हरेक सेवा खरिदमा ग्राहकहरुलाई थप लाभ मिल्ने एनसेलले जनाएको छ।


प्रकाशित : शनिबार, फागुन १७ २०८११५:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend