शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक, नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १६ २०८१
नेपाल लाइफद्वारा 'छुट्ला है छुट' योजना सार्वजनिक, नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं- जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'छुट्ला है, छुट' योजना सार्वजनिक गरेको छ।

यो योजनाअन्तर्गत उक्त कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २०८१ फागुन १५ देखि २०८२ जेठ १३ गते सम्म नवीकरण बीमाशुल्क भुक्तानी गरेमा बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए।

उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एक पटकको लागि सार्वजनिक गरिएको र व्यतित भएका बीमालेखहरु समयमा नै  नवीकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरकेा छन्।

साथसाथै बीमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे।


प्रकाशित : शुक्रबार, फागुन १६ २०८११५:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend