काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।