काठमाडौं- बिहीबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रूपैयाँले महँगिएको छ।
बिहीबारका लागि नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँ तोकिएको छ।
यो साता बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो भने मंगलबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार ३ सय रूपैयाँ पुगेको थियो।
यस्तै बुधबार प्रतितोला एक हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला एक हजार ९ सय ४५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।