काठमाडौं- अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज भएको नेपाल एयरलाइन्सका तीनवटा जहाज ग्राउन्डेड भएका छन्।
उडानका लागि तालिका प्रकाशन भएर टिकट समेत बिक्री गरिसकेको एयरलाइन्सका तीनवटा जहाज ग्राउन्डेड भएका छन्। चीन र नेपालमै जहाज उड्नका लागि अयोग्य भएका छन। वाइडबडी जहाज काठमाडौं रोकिएको छ। त्यस्तै सीचेकका लागि चीन गएको जहाज पनि अझै बएको छैन।
त्यस्तै ल्याण्डिङ गियरमा आएको खराबीले एउटा जहाज काठमाडौंमै ग्राउन्डेड छ।
व्यवस्थापनको लापरबाहीका कारण तीनवटै जहाज एकसाथ ग्रान्डेड हुने अवस्था आएको अधिकारीहरूले बताएका छन्। चीनमा सीचेकका लागि गएको जहाज नआउनुको कारण भुक्तानीको समस्या रहेको थियो। तर फेरि अहिले कस्टम क्लिरेन्सका कारण जहाज रोकिएको हो।