शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बुटवलमा दिपलको स्टेट-अफ-आर्ट शोरुम, बिहीबारदेखि टेस्ट ड्राइभ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १४ २०८१
बुटवलमा दिपलको स्टेट-अफ-आर्ट शोरुम, बिहीबारदेखि टेस्ट ड्राइभ

बुटवलमा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारदेखि तीन दिनका लागि टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ।

बुटवल- नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आजबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ शोरुम सञ्चालनमाा ल्याएको छ। 

एमएडब्लू वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट-ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको हो। 

दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका हुन्। यसै अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ को बिक्री पनि सुरु गरिएको छ। 

बुटवलमा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारदेखि तीन दिनका लागि टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। 

यो अवधिमा लुम्बिनी प्रदेशका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिङ, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउन सकिने छ। यसका अलावा दिपलका ईभी टेस्ट ड्राइभ गर्ने सबैले दिपलको तर्फबाट उपहार पजि पाउने कम्पनीले जनाएको छ।

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा सात सयभन्दा बढी बिक्री भइसकेको छ। 


प्रकाशित : बुधबार, फागुन १४ २०८११६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend