काठमाडौं- एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्यसहित नयाँ प्रिपेड सेवा ‘सधैँ अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ।
सधैँ अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिनाकुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिन सक्ने एनसेलले जनाएको छ।
रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मकरुपमा महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स-साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैँ अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु हो। यी प्याकहरूको मुख्य विशेषता भनेको प्रयोग हुन बाँकी डेटा, टक टाइम, र एसएमएस खेर नजाने रहेको छ।
यसको अर्थ त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था रहेको छ। यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा *१२३*९# डायल गरेर, वा नजिकको एनसेल रिटेलर स्टोर अर्थात प्वाइन्ट अफ सेल्समा गएर खरिद गर्न सकिन्छ।
सधैँ अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन्। यसमा साधारण सधैँ अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढीको समयावधि रहेको छ।
यी प्याकहरूमा यूट्युबमा अनलिमिटेड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डेटाको सुविधा रहेको छ र केही प्याकहरुमा ग्राहकहरुले आफ्ना परिवारजन, साथीभाइ, र सहकर्मीहरूसँग महिनाभर जति पनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन्।
एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने, 'सधैँ अन रिन्यूअल प्याकहरू उच्च गतिको इन्टरनेट र निरन्तर सेवाको बढ्दो मागलाई पूरा गर्ने उद्देश्यले ध्यानपूर्वक डिजाइन गरिएको छ, जसले ग्राहकहरूलाई कुनै पनि अवरोधबिना कनेक्टेड रहन सहयोग गर्दछ।'
रिन्यूअल प्याकअन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डेटा रिन्यूअल गरी तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ। पहिलो बेस्टअन्तर्गत करसहित मासिक ३ सय ९९ रूपैयाँ, ४ सय ९९, र ५ सय ९९ रूपैयाँका प्याकहरु रहेका छन्। यसमा भ्वाइस, डेटा, र एसएमएस साथै अनलिमिटेड यूट्युब, अनलिमिटेड नाइट डेटा समावेश छन्।
प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डेटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन्।
दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याकअन्तर्गत करसहित ७ सय ९९, ९ सय ९९, र १ हजार ४ सय ९९ रूपैयाँका प्याकहरु समावेश रहेका छन्। यी प्याकहरुमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिटेड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ वटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन्।
त्यसैगरी तेस्रो रिन्यूअल सेवाअन्तर्गत डेटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन्। उदाहरणका लागि एनसेलका १ सय ९९ देखि ४ सय ४९ रूपैयाँसम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन्। त्यसैगरी डेटामा २ सय ९९ रूपैयाँबाट सुरु हुने प्याकहरु समावेश छन्।
एनसेलले रिन्यूअल अर्थात् नवीकरण ग्राहकहरुका लागि अप्रत्यासित नहोस् भनेर प्याक खरिदको प्रक्रियालाई ध्यानपूर्वक डिजाइन गरेको छ, जसले गर्दा ग्राहकहरुले रिन्यूअल अर्थात नवीकरणको समय/मितिबारे अग्रिम जानकारी पाउँछन्। साथै, नवीकरण समय आउनुअघि नै ग्राहकहरूले नियमितरुपमा प्याकहरु खरिद गर्ने विकल्प पनि पाउने कम्पनीले जनाएको छ।