सोमबार, फागुन १२ गते २०८१    
सोमबार, फागुन १२ २०८१
images
images

ईयूको प्राविधिक टोली नेपालमा, कालोसूचीबाट हट्ला त नेपाली वायुसेवा?

प्राधिकरणसँगै नेपाल एयरलाइन्स र श्री एयरलाइन्समाथि उठेका प्रश्नको परिपालनादरमा निरीक्षण हुने

images
सोमबार, फागुन १२ २०८१
images
images
ईयूको प्राविधिक टोली नेपालमा, कालोसूचीबाट हट्ला त नेपाली वायुसेवा?

सुरुमा टोलीले प्राधिकरणको विषयमा हेर्ने छ। त्यसपछि नेपाल एयरलान्स र श्री एयरलाइन्सको विषयमा निरीक्षण गर्ने छ।

images
images

काठमाडौं- युरोपियन एभिएसन सेफ्टी एजेन्सी (ईएएसए) को प्राविधिक टोली नेपाल आएको छ। प्राविधिक मूल्यांकनका लागि आएको टोलीले यसअघि गरेको अडिट र त्यसमा देखाएका प्राविधिक विषयमा भएको सुधार र कार्यान्वयन दरको अध्ययन गर्ने छ।

images
images
images

टोलीले २४ फेब्रुअरी देखि २६ फेब्रुअरीसम्म नेपालमा काम गर्ने छ। टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँगै दुईवटा एयरलाइन्समाथि यसअघि उठाएको प्रश्न र त्यसको परिपालनादरको निरिक्षण गर्ने छ। यसकै आधारमा नेपाली वायुसेवालाई कालोसूची (सुरक्षा चासो लिस्ट) बाट हटाउने/नहटाउने निर्णय गर्ने छ।

images
images

टोलीले काम सुरु गरिसकेको छ। सुरुमा टोलीले प्राधिकरणको विषयमा हेर्ने छ। त्यसपछि नेपाल एयरलान्स र श्री एयरलाइन्सको विषयमा निरीक्षण गर्ने छ।

images
images
images

ईयूले सन् २०२३ को सेप्टेम्बर ११ देखि १५ सम्म नेपाल आएर नेपाली वायुसेवा कम्पनी तथा प्राधिकरणको अडिट गरेको थियो। अडिटमा नियाकम निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको कामको प्रशंसा गरेको थियो भने नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले सुरक्षामाथि गम्भीर खेलवाड गरेको भन्दै प्रश्न उठाएको थियो। दुई एयरलाइन्सका कारण नै कालोसूचीबाट हटाउन असमर्थ रहेको ईयूले तत्कालीन समयमा जानकारी गराएको थियो।

तत्कालीन समयमा ईयूले नेपाली वायुसेवा कम्पनीका जहाजलाई युरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध कायमै राखे पनि सुधारमा व्यापक काम भइरहेको उल्लेख गरेको थियो।

ईयूले प्रतिवेदनमा वर्तमान नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वको टिमले हवाई सुरक्षामा गरेको अप्रत्याशित सुधार सकारात्मक भएको भन्दै दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएको थियो। ईयूले उक्त रिपोर्ट २०२३ को नोभेम्बर ३० मा प्रकाशित गर्दै कालोसूचीलाई भने निरन्तरता दिएको थियो।

उक्त समयमा केही कमीकमजोरीका कारणमात्रै प्रतिबन्धको सूचीबाट नहटेको प्रतिवेदनमा उल्लेख गरेको थियो। अडिटमा परेका नेपाल एयरलाइन्स र श्री एयरलाइन्समा सेफ्टी मापदण्ड पूरा नभएको उल्लेख गरिएको थियो।

नियामकले देखाएका कमजोरी र निर्देशन परिपालना नगरेको, उडान तालिका व्यवस्थापन नभएको, उडान समय सीमितता, उडान योजनालगायत कारण देखाउँदै प्रतिबन्ध यथावत् राखिएको थियो। प्रतिवेदनमा नेपाल एयरलाइन्समाथि नेतृत्व, प्रक्रिया, पद्धति तथा समग्र प्रणालीमा कायापलट गरिनुपर्ने उल्लेख गरिएको थियो।

यसैगरी 'एसएमएस' कडाइका साथ लागु नभएको, अडिट चेकलिष्टको गुणस्तरमा सुधार नगरेको, वार्षिक अडिटले औँल्याएका कमी कमजोरीहरूको सुधार नगरेको, उडान समयको निश्चितता, डकुमेन्ट व्यवस्थापन, सुझाव कार्यान्वयनजस्ता पक्षमा गम्भीर कमजोरी रहेको र वायुसेवाको उडान योग्यता तथा क्षमता सम्बन्धमा गर्नुपर्ने आवश्यक नियमन तथा सुरक्षा चासोमा कमी देखिएको प्रतिवेदनमा उल्लेख थियो। अहिलेको टोलीले अब यही विषयमा परिपालनादरको वियषमा निरीक्षण गर्ने छ।

यसैगरी रिपोर्टमा श्री एयरलाइन्सको सञ्चालन प्रणाली, उडान दलको समय व्यवस्थापन जस्ता न्यूनतम व्यवस्थापनको पनि परिपालना नभएको, उडान योजना राम्रोसँग नबनेको तथा संस्थागत संरचना सेफ्टी मापदण्डअनुसार नभएको उल्लेख गरिएको थियो।

अहिले आएको प्राविधिक टोलीले श्री एयरलाइन्सको यी विषयमा भएको परिपालना दरको विषयमा समेत निरीक्षण गर्ने प्राधिकरण स्रोतले बताएको छ।

नेपाल २०१३ देखि ईयूको कालोसूचीमा छ। अब हुने अध्ययनपछि नै नेपाल कालोसूचीबाट हट्ने वा नहट्ने भन्नेबारे निर्णय हुने छ।


प्रकाशित : सोमबार, फागुन १२ २०८११४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend