काठमाडौं- यो साता आइतबार बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको छ।
सोमबारका लागि सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक लाख ७० हजार ८ सय रूपैयाँ तोकिएको छ।
आइतबार तोलामा तीनसय रूपैयाँले बढेर सुन प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि आज सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १५ रूपैयाँले वृद्धि भइ प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँ कायम छ।