शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि, चाँदीको पनि बढ्यो

सोमबार, फागुन १२ २०८१
सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि, चाँदीको पनि बढ्यो

सोमबार सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि हुँदा चाँदी पनि प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- यो साता आइतबार बढेको सुनको मूल्य सोमबार पनि प्रतितोला ५ सय रूपैयाँले वृद्धि भएको छ।

सोमबारका लागि सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक लाख ७० हजार ८ सय रूपैयाँ तोकिएको छ।

आइतबार तोलामा तीनसय रूपैयाँले बढेर सुन प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज सामान्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ७० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा १५ रूपैयाँले वृद्धि भइ प्रतितोला एक हजार ९ सय ८५ रूपैयाँ कायम छ।


प्रकाशित : सोमबार, फागुन १२ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend