काठमाडौं- यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सहकार्य गर्ने सम्झौता भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहाबीच व्यापारिक सम्झौता भएको हो।
सम्झौताअनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने बताइएको छ।
पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन्। नक्सालस्थित यामाहाको ब्लु स्क्वायर शोरुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ।
यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ कल्चर अझै परिस्कृत रुपमा परिभाषित हुने विश्वास लिइएको छ।
ग्राहकहरुले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ एसिसोरिजहरुको सुविधा प्राप्त गर्न सक्नेछन्। यसअघि नै आफ्नो २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस् नेपालले अब कुल ६ स्थानहरुबाट सेवा प्रदान गर्नेछ।