शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङमा एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालनमा

आइतबार, फागुन ११ २०८१
पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङमा एभरेष्ट बैंकको दुई नयाँ शाखा सञ्चालनमा

फिदिम र फुङ्लिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले पाँचथरको फिदिम र ताप्लेजुङको फुङ्लिङमा दुई नयाँ शाखा विस्तार गरेको छ।

कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवासुविधा उपलब्ध गराउने उद्देश्यका गएको बिहीबार फिदिममा १३०औँ र शुक्रबार फुङ्लिङमा १३१औँ शाखाको औपचारिक उद्‌घाटन गरिएको बैंकले जनाएको छ।

फिदिम र फुङ्लिङमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ। नयाँ शाखाबाट उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रियस्तरको अत्याधुनिक बैंकिङ सेवाहरू प्राप्त गर्नेछन्।

नयाँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ। साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।

बैंकले देशभर रहेका आफ्ना १ सय ३१ शाखा सञ्जालबाट करिब १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। बैंकको हाल ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १ सय ६७ एटीएम रहेका छन्।

विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको पनि जनाएको छ।

एभरेष्ट बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित : आइतबार, फागुन ११ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend