शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

आइतबार, फागुन ११ २०८१
प्रतितोला तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको  घट्यो

आइतबार सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले वृद्धि हुँदा चाँदी भने प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

गएको शुक्रबार प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि प्रतितोला एक लाख ७० हजार ३ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदी आज तोलामा २० रूपैयाँले घटेर प्रतितोला एक हजार ९ सय ७० रूपैयाँ कायम छ।

गएको शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : आइतबार, फागुन ११ २०८१११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend