पोखरा- नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले शुक्रबार पोखराको चौथेमा दिपलको नयाँ शोरुम उद्घाटन गरेको छ। एमएडब्लू वृद्धिले हिमालय अर्गनाइजेसनमार्फत गण्डकी क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल ईभीको फस्ट-ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको हो।
दिपलको नयाँ शोरुमलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापा, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा र एमएडब्लू ग्रुपका कन्सल्टेन्ट सन्दिप चार्टजीले संयुक्त रुपमा गरेका हुन्।
सो अवसरमा संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ को पनि रिजनल लन्च गरिएको थियो।
पोखरामा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लू वृद्धिले नयाँ शोरुमबाटै शनिबारदेखि पाँच दिनको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ। यो अवधिमा गण्डकी क्षेत्रका ईभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ।
टेस्ट ड्राइभ द फ्युचर नाम दिइएको टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले फ्रि डाइमण्ड कोटिंग, फ्रि ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट र टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको बेस्ट भ्यालुएसन र एक्स चेन्ज बोनस पनि पाउने छन्। यसका अलावा दिपलका ईभी टेस्टड्राइभ गर्ने सबैले दिपलको तर्फबाट उपहारसमेत पाउने छन्।
नयाँ शोरुम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमन्त्री बिन्दुकुमार थापाले अटोमोबाइलमा सेल्स, सर्भिस र स्पेयर्सको उत्तिकै महत्व हुने बताए। स्पेयर्स पार्ट्सको उपलब्धता र मूल्य पनि महत्वपूर्ण हुने उनले बताए।
त्यसैगरी नाडाका अध्यक्ष करण चौधरीले नेपालले विद्युतीकरणमा निकै अगाडि बढिसकेको र कुल आयातको ७२ प्रतिशत गाडी ईभी भएको बताए। उनले नेपालमा अहिले राम्रो प्रदर्शन गरिरहेको दिपलले ग्राहकबाट भरोसा जितिरहेको उल्लेख गरे। उनले दिपल पोखरा बजारले चाहने जस्तो डिजाइन र पर्फर्मेन्सले भरिएको पनि बताए।
दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेड र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम फिचरहरु छन् जसका कारण यो ईभी नेपाली बजारमा सात सयभन्दा बढी बिक्री भइसकेको छ।