शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

राष्ट्रिय ईस्पोर्ट्स लिगमा सामसङले ग्यालेक्सी एस २५ अल्ट्रामार्फत कम्पेटेटिभ गेमिङलाई पावर दिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
images
images
राष्ट्रिय ईस्पोर्ट्स लिगमा सामसङले ग्यालेक्सी एस २५ अल्ट्रामार्फत कम्पेटेटिभ गेमिङलाई पावर दिँदै
images
images

काठमाडौं- नेपालको पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसिप बिहीबारदेखि दशरथ रंगशाला कबर्ड हलमा चलिरहेको छ। भोलि शनिबारसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोर्ट्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई-फुटबल लगायतका ६ प्रमुख ई-गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्।

images
images
images

नवीनतम प्रविधि र नवचारको अगुवाइ गर्ने सामसङ यस ऐतिहासिक इभेन्टको प्रमुख भाग बनेको छ, जहाँ प्रोफेसनल गेमरहरूले हालै मात्र सार्वजनिक गरिएको ग्यालेक्सी एस २५ अल्ट्रामा प्रतिस्पर्धा गरिरहेका छन् भने प्रतियोगिताको ई-फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस २५ अल्ट्रामा खेलिने छ।  

images
images

यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध छन्, जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू र विशेष गरी ग्यालेक्सी एस २५ सिरिजलाई प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने छन्।  

images
images
images

'सामसङ सधैँ उच्च-प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पुर्‍याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुराएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९-इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो, जो पिक पर्फर्मेन्सको माग राख्छन्। क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ, जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोध बिना प्रतिस्पर्धा गर्न सक्नेछन्। नेपालको ईस्पोर्ट्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ', सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने। 


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११२:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend